बल्ल झुक्यो भारत !, अब पुराना सन्धि नेपालले भने अनुसार नै परिमार्जन गर्ने
काठमाडौं, २७ पुस । नेपाल र भारतबिचको सम्बन्ध तथा सन्धि पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहको छैठौं बैठक आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ ।

सन् १९५० को सन्धिलगायत नेपाल र भारतबिच भएका अरु सन्धि, खुला सिमाना, व्यापारलगायका समग्र विषयमा प्रतिवेदन लेखनका चरणमा प्रबुद्ध समूहको बैठक केन्द्रित हुन भएको छ ।
आउने असार महिनामा प्रवुद्ध समूहको दुई वर्षे कार्यकाल सकिँदैछ । आजको बैठकपछि दुईवटा मात्र बैठक बस्ने र प्रतिवेदन लेखनको काम सुरु हुने प्रबुद्ध समूहका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो ।
यसअघि काठमाडौंमा भएको बैठकमा नेपाल पक्षले नेपाल भारतबिच रहेका असमान विषयलाई हटाउन प्रस्ताव गरेका थिए ।
त्यसबेला भारतीय पक्षले नेपालको कुरा सुनेको मात्र थियो जसका कारण बिहीबारदेखि बस्ने छैठौं बैठकलाई महत्वपूर्ण मानिएको छ । समूहमा नेपाल र भारतका तर्फबात चार चार जना सदस्य रहेका छन् ।
भारत प्रस्थान गर्नुअघि प्रबुद्ध समूहका सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका थिए ।


