चिसोले कठ्याङ्ग्रिएर मरे भनिएका बालक आगोले तताएपछि यसरी बाँचे

बझाङ, २८ पुष । गाना वादीका तीन वर्षीय छोरा विराज वादीले पुस २२ गते शनिबार राती एक्कासि सास फेर्न छोडे । गानाले राती २ बजेको समयमा दुध दिँदा बालकले दुध खाएनन् । सँधै १ बजे राती बच्चा कराएपछि दुध दिने गरेकी गानाले राती २ बजेसम्म पनि बालक नरोएपछि आफैले दुध दिन खोजिन् । काखैमा सुतेका छोरालाई दुध खुवाउन खोज्दा छोराले सास फेरे नफेरेको छुट्याउन सकिनन् ।

शरीर पुरै चिसो थियो । गानाले छोरा मरिसकेको ठानिन् । रुवाबासी गर्न थालिन् । उनी रोएको सुनेपछि छिमेकीहरू जम्मा हुन थाले । विराज बेहोस अवस्थामा थिए । छिमेकीहरूले पनि बालकको मृत्यु नै भएको अड्कल काटे ।

तर छिमेकी राधा वादीले बालकलाई राम्रोसँग हेरिन् र काखका लिईन् । बालकले मुखबाट अलिअलि सास लिए जस्तो राधालाई लाग्यो । अनि उनले जतिसक्दो चाँडो आगो बाल्न भनिन् । हतार–हतारमा आगो बालियो । अनि त्यही आगोले बालकलाई सेके ९तताए० । केही मिनेटमै विराजले खुट्टा चलाए । गानाले हर्षका आँसु खसाइन् । छिमेकी पनि सबै खुसी भए । राधालाई धन्यवाद दिए ।

मरिसक्यो भनिएको छोरा जीवित भएपछि अहिले गानाले आफूले लगाउँने गरेको धोतीमा बेरेर छोरालाई न्यानो बनाउने कोसिस त गरेकी छन् । तर टिनले छाएको टहराको छानोबाट रातभर शरीरमै तपतप शीत चुहिन्छ । गानालाई आफू समेत कुन दिन कठ्याङ्ग्रिएर मर्छु भन्ने चिन्ताले सताइरहेको छ । आफू भन्दा पनि छोरा बचोस् भन्ने चाहानाले रातभर जाग्राम बस्ने गरेको उनले दुखेसो पोखिन् ।

बझाङ सदरमुकाम चैनपुर र थलारास्थित टिनले छाएका स–साना टहराको वादी बस्तीमा रातको समयमा रुवाबासी नचलेको दिन हुदैन । चैनपुर र थलारा गाउपालिकाको खोलीमा बसोबास रहेका वादी बस्तीमा चिसो सुरु भएसँगै यो आपत् आइलागेको हो ।

गरिवी, अशिक्षा र विपन्नताका कारण वादी समुदायलाई हिउँदको यो कठ्याङ्ग्रिने चिसो शत्रुका रुपमा आएको छ । एकसरो लुगा र पेटभरी खानेकुराको अभावमा उनीहरूलाई जाडो छल्न अत्यन्तै मुस्किल छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।