भारतसँग जोडिएको नेपाल टेलिकमको इन्टरनेट संजाल चीनसँग जोडियो, अब तीव्र रुपमा इन्टरनेट चल्ने
काठमाडौं । नेपाल टेलिकमले भारतसँग जोडिएको इन्टरनेट संजाल अब भने चीनसँग जोडिएको छ। चीनसँग इन्टरनेट सञ्जाल जोडिएपछि नेपालको वैकल्पिक मार्ग खुलेका छन् ।

देशको इन्टरनेट सञ्जालमा समस्या आयो भने पनि अर्को बाटो खुल्ला हुने भएको छ । दुवै देशसँगको सञ्जालमा जोडिएपछि नेपाल सहज रुपमा इन्टरनेटको विश्व बजारमा पुग्न सक्नेछ। यसले इन्टरनेटलाई तीव्र रुपमा चलाउनको लागि ठूलो सहयोग पुर्याउछ ।
चीनसँग जोडिएको यो सञ्जालले नेपालको माग अनुसारको इन्टरनेट वितरणमा सहजता ल्याउँ नेपाल टेलिकमले जानकारी दिए । भारत र चीनसँग इन्टरनेटको सञ्जालमार्फत नेपाल जोडिएपछि टा«न्जिट हभको रुपमा विकास हुनसक्छ ।


