९ वर्ष देखि डोरीमा १४ बर्षीय बालक ! दयनीय अवस्था, उपचार भन्दा पनि छाक टार्नै समस्या

दमक । झापाको शिवसताक्षी—७ स्थीत सिमलचोकका एक १४ बर्षीय बालकलाई विगत ९ वर्ष अघिदेखि डोरीले बाँधेर राख्ने गरेको पाइएको छ । आर्थिक अवस्था कम्जोर भएकै कारण १४ बर्षीय लक्ष्मि निरौलालाई उपचार अभावमा परिवारले खुट्टामा बाधेर राख्नु बाध्यता बनेकोछ ।

निम्न वर्गीय निरौला परिवारलाई छोराको उपचारभन्दा पनि बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ताले बढी पिरोल्ने गरेको छ । यो परिवारलाई आफ्नो जग्गा जमिन नभएकै कारण ज्याला मजदुरी गरेर बिहान बेलुकीको हातमुख जोड्न समेत हम्मे हम्मे हुने गरेको छ । शारीरिक अपाङ्गता भएका लक्ष्मीप्रसाद निरौला १४ वर्षका भए । उनी लरा्याङ लुरुङ गदै हिंड्न डुल्न सक्छन् तर बोल्न सक्दैनन् । सुष्त मनस्थिती भएका निरौलालाई बाँधेर राख्नु पर्ने परिवारको बाध्यता रहेको छ ।

स्थानीय क्षेत्रमा रहेका बिभिन्न अस्पतालहरुमा लगेर स्वास्थ्य परिक्षण पनि गराएको निरौला परिवारले बताउछन । आमा दुर्गादेवि निरौलाको चौथो सन्तानका रुपमा जन्मिएका लक्ष्मिलाई निरौला परिवारले सामान्य बनाउनकालागि धेरै धामी झाक्रि पनि लगाए । तर आर्थिक अवस्था कमजोर भएकै कारण सुविधा सम्पन्न अस्पतालहरुमा लगेर स्वास्थ्य परिक्षण गराउन नसकेपछि बाँधेर राख्नु्को विकल्प नभएको आमा दुर्गा देबी बताउनहुन्छ ।

निरौला परिवालाई दुई वर्ष अघि साहारा नेपालले तीन कोठाको घर बनाइदिएको छ । त्यही घरमा अहिले उनिहरु जसोतसो जिवन धान्दै आइरहेका छन । निर्वाचनताका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु भोट माग्न आउँदा छोराको अवस्था देखेर उपचारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर जितेर गएकाहरु पनि अहिले सम्म फर्किएर नआएको बुबा यमप्रसाद निरौलोको गुनासो रहेको छ ।

लक्ष्मी घर बाहिर गए हराउने अनि बांधेर नराखे घरभित्रका सरसामानहरु तोडफोड गर्ने परिवारले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएको र उपचार पनि गर्न नसकेको अवस्थामा लक्ष्मीलाई संरक्षण गर्न परिवारलाई बाध्नुको विकल्प छैन । – हाम्रो दमक ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।