छोरी जन्माउने ४८ आमाले पाए प्रोत्साहन भत्ता

बैतडी, पुस २९ । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई १ हजार भत्ता दिने निर्णय गरेसंगै हालसम्म ४८ जना आमाहरूलाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य सस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिदै आएको सस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप चार सय बाहेक गाउँपालिकाले दिएको थप एक हजार प्रोत्साहन भत्ता बितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए ।

उनले भने, ‘आ.व.२०७४/७५ को साउनदेखि कात्तिकसम्ममा ४८ जना आमाहरूलाई सो रकम वितरण गरिसकेका छौं ।” गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुसी भएका छन् ।

छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए बापत गाउँपालिकाले प्रोत्साहन भत्ता दिंदा जन्मिएका बालबालिकालाई न्यानो लुगा कपडा किन्न सजिलो भएको दोगडाकेदार ६ का रुवसी बिकले बताइन ।

“पैसा कमै भएपनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो, ‘उनले भनिन’, दोगडाकेदार गाउँपालकाले छोरी जन्मिदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको छ ।”

यो कार्यले आमाहरूलाई पनि साहस प्राप्त हुने र घरमै हुने विभेदको अन्त्य पनि हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन ।

उनले भनिन “छोराछोरीमाथि भेदभाव अन्त्यका लागि गाउँपालिकाले पहल थालेको हो” हाम्रो समाजमा छोरा र छोरी भनेर विभेद गरिन्छ उनले भनिन्, “छोराछोरी बीचको विभेद अन्त्य हुने विश्वास लिएका छौं ।”

गर्भावस्थामै छोरी भए गर्भ फाल्ने तथा भु्रणहत्यामा कमी ल्याउनका लागि गत भदौवाट प्रोत्साहन दिने निर्णण गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

उनले भने, ‘महिलालाई हेर्ने दुष्टिकोण परिवर्तन गर्न यस्तो निर्णय गरिएको हो “छोरी जन्माउँदा घरमा पनि नकारात्मक सोचले हेर्ने भएकोले यसको परिवर्तन गर्न आवश्यक छ ।’

छोरी जन्मिदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।