जाजरकोटमा अब स्वास्थ्यको लागी केहिपनि आवश्यक छैन : स्वास्थ्यमन्त्री दिपक बोहोरा

काठमाण्डौ, ३० पुस । जाजरकोटमा विगत केही साताभित्र विभिन्न रोगका कारण एक दर्जनभन्दा बढिको मृत्यु भइसकेको छ । स्वास्थ्यमन्त्री दिपक बोहोराले सम्बन्धित सबै निकायका व्यक्तिहरु समावेश गरेर उपचारका लागि टोली खटाइएको बताएका छन् । रोगको महामारी फैलिएपछि जाजरकोट पुगेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले रोग नियन्त्रणको प्रयासलाई तीव्र पारेको दाबी मन्त्री बोहोराले गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री बोहोराले चिकित्सक, जाजरकोटबाट चुनाव जितेका प्रतिनिधिसभा र प्रदेश सभाका सासंद, पत्रकार लगायतका व्यक्तिहरुको टोली पठाइएको जानकारी दिए ।

पर्याप्त औषधीकोसमेत व्यवस्था गरिएको मन्त्री बोहोराले दाबी गरे । स्वास्थ्यकर्मीले गरेको परीक्षणबाट कडा खालको रुघा नदेखिएको बताए । हाल जुनीचाँदे गाँउपालिकामा चिकित्सकहरु सहितको ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको छ ।

आफ्नै नेतृत्वमा टोली जाने तयारी भए पनि आफू अस्वस्थ भएपछि मन्त्रालयका सचिवको नेतृत्वमा जाजरकोट पठाइएको उनले बताए । विगतमा पनि विभिन्न संक्रमण र त्यसले महामारीको रुप लिएर ज्यान गुमाउने एउटा नियति जस्तै बनेको जाजरकोट जिल्लाका विकट क्षेत्रमा पुसको पहिलो सातादेखि रुघा खोकी र ज्वरोका बिरामीहरु देखिएका थिए ।

पुसको दोस्रो साता नलाग्दै जुनीचाँदे गाँउपालिकामा प्रकोपकै रुपमा देखिएको थियो । कडाखालको रुघाखोकी भएमा त्यसले महामारीको रुप लिने हो भन्ने आशंकाहरु व्यक्त भएका थिए । तर पाँचवटा नमुना परिक्षण गर्दा कडाखालको रुघा नपाइएको मन्त्री बोहोराको दाबी छ ।

जुनीचाँदे गाँउपालिकामा करिब एक महिनाको अवधिमा १३ जनाको ज्यान गएको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयमा छ । तर तीमध्ये धेरैजसो चिसोले हुने अन्य रोगका कारणले मृत्यु भएको चिकित्सकहरुको भनाइ छ । मृत्यु हुनेमा अधिकांश वृद्ध र बालबालिका रहेका छन् । हाल देखिएको रोग पूर्णरुपमा नियन्त्रणमा नआएसम्म चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा राखिने मन्त्री बोहोराले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।