संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

संखुवासभा, पुस ३० । संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। सदरमुकाम खाँदबारीबाट भुतखोला जाँदै गरेको बा ५ च १३०९ नम्बरको जीप गढीबजार नजिकै दुर्घटनामा परेको हो ।

माघे संक्रान्तिको अवसरमा वरुण मेला जाने क्रममा भएको दुर्घटनामा परी मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष कटुवालसँगै, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । उक्त जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिबराज जोशीका अनुसार उक्त गाडी काठमाडौंबाट गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी टोलीसहित सवार थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖