२ नेपाली नाबालकलाई यौन दुराचार गर्ने ६३ वर्षीय जर्मन नागरिक पक्राउ

काठमाडौं। प्रहरीले बाल यौन दुराचारको आरोपमा ६३ वर्षीय जर्मन नागरिक हान्स जुर्गेन गुस्ताभ दाहम्लाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ भोटेवहालमा उनी बस्ने भाडाको घरबाट शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनलाई पक्राउ गर्दा प्रहरीले दुईजना नेपाली नाबालक समेतलाई सोही स्थानबाट उद्दार गरेको छ । उनलाई बाल यौनदुराचार कसुरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

उनलाई जवर्जस्ती करणी महलअन्तर्गत उक्त बालयौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउन सक्ने कानुनी व्यवस्था छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।