भाषणकलामा चर्चित एराप्रपा नेता ठाकुरको जनकपुरधाममा निधन

जनकपुरधाम, २ माघ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको आज बिहान जनकपुरधाममा निधन भएको छ ।

केही महिनादेखि बिरामी रहनुभएका ७६ वर्षीय ठाकुरको आज बिहान ६:३० बजे जनकपुरधामको देवीचोकस्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँ पञ्चायतकालमा जनकपुर नगरपालिकाको उपप्रमुखसमेत हुनुभएको थियो । भाषणकला सन्दर्भमा जनकपुर क्षेत्रमा उहाँ चर्चित हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

परिवारजनका अनुसार उहाँको आजै जनकपुरको स्वर्गद्वारमा अन्तिम संस्कार गरिनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।