चार घण्टा लामो छलफलपछि तय गरिएको मन्त्रिपरिषद बैठक स्थगित, अब कहिले हुन्छ प्रदेश प्रमुख नियुक्ति ?

काठमाडौं, २ माघ । आज बस्ने तय भएको मन्त्रिपरिषद बैठक भोलिका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि आजका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन् । बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने भएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीसँग दलीय छलफल भएपनि आफ्नो पार्टी प्रदेश प्रमुख नियुक्तिको प्रकृयामा सहभागि नहुने बताए । ‘प्रदेश प्रमुख नियुक्ति सरकारको जिम्मेवारीभित्र पर्ने भएकाले हामीले त्यसमा सहभागि हुन जरुरी ठान्दैनौ’ नेता पाण्डेले बताए ।

अर्का नेता प्रदीप ज्ञवालीले प्रदेश प्रमुख नियुक्तिका सम्बन्धमा प्रधानमन्त्रीले औपचारिक छलफलका लागि आफुहरुलाई नवोलाएको बताए । भने ‘हामीलाई त्यसबारे औपचारिक कुनै जानकारी छैन, बरु आज निर्वाचन आयोगले बोलाएको छ त्याहाँ हाम्रो प्रतिनिधित्व हुन्छ र जान्छौ ।’

प्रधानमन्त्रीले यसअघि नै सहमतिमा प्रदेश प्रमुख नियुक्त गर्ने भन्दै दलहरुसँग औपचारिक ÷अनौपचारिक कुराकानी गरेको बताउँदै आएका थिए । तर, यस विषयमा यसअघिको सर्वदलीय बैठकमै बाम गठबन्धनले आफ्नो कुनै क्रिया–प्रतिकृया नरहने जनाएको थियो । त्यसयता दलहरुवीच यसबारे औपचारिक छलफल भने भएको छैन ।

प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद बैठक बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेका थिए । जसमा दलहरुवीच सहमति भए सहमतिमै र नभएपनि राजपा, फोरम र कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गर्ने देउवाको तयारी थियो ।

प्रम देउवा निकटहरुका अन्ुसार सहमति भए उनले एमाले–माओवादीकातर्फबाट २÷२ जना तथा कांग्रेस, राजपा र संघीय समाजबादी फोरमबाट एकएक जना गरेर प्रदेश प्रमुख नियुक्त गर्नेछन् । तर यो सम्भावना टरिसकेको छ । अव बिकल्पमा राजपा–फोरमबाट एकएक जना र बाँकी ५ प्रदेशमा कांग्रेसका तर्फबाट नै नियुक्ति गर्ने तयारी देउवाको छ । यसका लागि प्रधानमन्त्री देउवाले आज बिहानैबाट सम्भावित नाममा सहमति जुटाउन कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला लगायतसँग छलफल गरेका छन् । सो छलफलमा नेता पौडेलले आफ्नो समुहकालाई प्रदेश प्रमख नियुक्त गर्न दवाव दिएको कांग्रेस उच्च श्रोतले जनाएको छ ।

एमालेले प्रकृयामै सहभागित नजनाउने भएपछि देउवाले दोस्रो बिकल्प रोज्नुपर्ने बाध्यता छ । श्रोतका अनुसार नेपाली कांग्रेसले अनुराधा कोइरालालाई प्रदेश प्रमुखको जिम्मेवारी दिने लगभग निश्चित भएको छ ।

कोइरालालाई कांग्रेस नेता बालकृष्ण खाडले सिफारिस गरेका हुन् । त्यस्तै राजपाबाट उमाकान्त झा र संघीय समाजवादी फोरमबाट रत्नेश्वर लाल कायस्थको नाम प्रधानमन्त्री देउवालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस भइसकेको बुझिएको छ । त्यस्तै कांग्रेसबाटै निलाम्बर आचार्य, महोन ब मल्ललगायतको नाम पनि सिफारिस भएको बताइन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।