साताव्यापी भ्रमणका लागि प्रधानसेनापति श्रीलंका प्रस्थान, यस्तो छ कार्यक्रम…

काठमाडौँ, ३ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलंकाका सेना प्रमुखको औपचारिक निमन्त्रणामा आज साताव्यापी भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभयो ।

प्रधानसेनापति क्षत्रीलार्ई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसअघि प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।

श्रीलंका भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति क्षत्री माघ ११ गते स्वदेश फिर्ता हुनुहुनेछ ।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।