यति साह्रो दरिद्र चिन्तन किन हुन्छ, अचम्म लाग्छ : ओली

काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् । बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताए । उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए ।

उनले भने, ‘ढिलो गरी सरकारले आफ्नो काम गरेको छ, प्रदेश प्रमुखबारे धेरै कुरा थाहा पाएका छैनौं, नयाँ सरकारले अनुकुलता र आवश्यकता हेरेर निर्णय लिन्छ,’ ओलीले भने, ‘प्रदेश राजधानीका विषयमा पनि अहिले अल्झनु आवश्यक छैन। प्रदेश सभाले परिवर्तन गर्न सक्ने यो विषयमा अहिले नै आन्दोलन गर्नु हुँदैन।’

प्रदेश प्रमुखहरु हटाउनुहुन्छ भन्ने प्रश्नमा उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए । आफ्नो भ्रमणलाई लिएर अनावश्यक प्रचार भएको भन्दै उनले भने- ‘यति साह्रो दरिद्र चिन्तन किन हुन्छ, अचम्म लाग्छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।