‘जनता जान्न चाहन्छन’मा बोल्दै राजेन्द्र महतोले भने,- वीरगन्ज राजधानी बनाउनुपर्छ भनेर मैले कहिल्यै बोलेको छैन

काठमाडौं, ६ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफूले कहिल्यैपनि २ नम्बर प्रदेशको राजधानी हुनुपर्छ भनेर नबोलेको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नियमति कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा बोल्दै नेता महतोले यस्तो जिकिर गरेका हुन् ।

उनले भने,‘मैले कहिल्यैपनि २ नम्बर प्रदेशको राजधानी वीरगन्ज बन्नुपर्छ भनेर बोलेको छैन, सबै हिसावले यो प्रदेशको राजधानी जनकपुर हुनुपर्छ, यो ऐतिहाँसिक स्थल हो, सरकारले अहिले अस्थायी राजधानी तोकेको छ, यो स्वागतयोग्य कुरा हो।’ उनले प्रदेश राजधानीको विषयमा अहिले आन्दोलन गर्नुको कुनै औचित्य नभएको समेत जिकिर गरे ।

नवनिर्वाचित सांसद रहेका नेता महतोले २ नम्बर प्रदेशमा राजपा–फोरम नेतृत्वको सरकार बन्ने समेत विश्वास दिलाए । उनले भने,‘२ नम्बर प्रदेशमा हाम्रो सरकार बन्छ, उपेन्द्र यादवजीको पार्टीकै नेतृत्वमा प्रदेश सरकार हुन्छ, यसमा कुनै विवाद छैन्।’

त्यस्तै उनले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचनबारे कांग्रेससँग चुनावी गठबन्धन बनाउनको लागि आन्तरिक छलफल भैरहेको समेत जानकारी दिए । यद्धपी उनले आफूहरुसँग चुनावी तालमेलको लागि वाम गठबन्धनले पनि प्रस्ताव गरेको खुलासा गरे ।

महतोले संविधान संशोधन नभए मधेशमा अर्को आन्दोलन हुने पनि चेतावनी दिए । उनले भने,‘हाम्रो मुख्य एजेण्डा संविधान संशोधन हो, यसको लागि हामी परि आए अर्को आन्दोलन गर्न पनि तयार छौं।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।