मेयर – उपमेयरको विदेश भ्रमण मोह, कति जना गए विदेश भ्रमणमा ?

काठमाडौं, माघ ७ । नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर, प्रशासकीय अधिकृत दिनेश पन्थीलगायत ४ सदस्यीय टोली एक साता चीन भ्रमणमा जाने तयारीमा लागेका छन् ।

स्थानीय तह निर्वाचनपछि करिब तीन दर्जन मेयर, उपमेयरले विदेश भ्रमण गरिसकेका छन् भने केही भ्रमण गर्ने प्रक्रियामा छन् ।

स्थानीय विकास मन्त्रालयको रेकर्डमा स्थानीय निर्वाचनपछि १९ मेयर, उपमेयरले मन्त्रालयसँग सहमति लिएर विदेश भ्रमण गरिसकेका छन् भने करिब १० मेयर, यपमेयरले मन्त्रालयसँग सहमति नलिएरै आफूखुशी विदेश भ्रमण गरेको अनुमान मन्त्रालयका कर्मचारीले गरेका छन् ।

निजी र पारिवारिक भ्रमणबाहेक अन्य किसिमका विदेश भ्रमण गर्नुपर्दा भ्रमणअघि स्थानीय विकास मन्त्रालयसँग सहमति लिन मन्त्रालयले सबै सथानीय तहमा परिपत्र पठाएको छ ।

विदेश भ्रमण गर्न जानेमध्ये महानगरपालिका तथा उपमहानगरपालिकाका मेयर, उपमेयर बढी छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन तीनपटक विदेश भ्रमण (जापान, थाइल्यान्ड, दक्षिण कोरिया) गइसकेका छन् । – नागरिक दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।