२ नं प्रदेश का सांसदले लिए चारवटा भाषामा शपथ
जनकपुर । प्रदेश २ का एक सय ७ जना सांसदले फरक फरक भाषामा शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा शपथ गराए पनि सांसदहरुले आआफ्नो मातृ भाषामा शपथ ग्रहण गरेका हुन् ।
एक सय ७ सांसदमध्ये ४७ जनाले मैथली, ११ जनाले हिन्दी तथा २५ जनाले भोजपुरी भाषामा शपथ लिएका हुन् । बाँकीले नेपाली भाषामै सपथ ग्रहण गरे । प्रदेश सांसदले नेपाली भाषामा शपथ लिन अस्वीकार गरे पछि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आआफ्नो मातृ भाषामा शपथ लिन स्वीकृत दिएका हुन् ।
जेष्ठ सदस्य चौधरीले नेपालीमा बोले पनि सांसदले आआफ्नो मातृ भाषामा उल्था गर्दै बोलेका थिए ।


