देउवा र पौडेलवीच चर्काचर्की : देउवाको प्रश्न,- ‘धमलाको हमला’मा के बोल्नुभएको ? जे पायो त्यही बोल्ने ?

काठमाडौं, ८ माघ । राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज उम्मेद्धवार चयनको लागि छलफल बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच चर्काचर्की नै परेको एक नेताले जानकारी दिए । आफूसँगको भेटवार्तामा जहिलेपनि भागबण्डाको कुरा गर्ने गरेको भन्दै पौडेललाई देउवाले आक्रोश पोखेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘हिजो ऋषि धमलासँगको अन्र्तवार्तामा के बोल्नुभएको हो ? जे पायो त्यही बोल्ने ?’ शीर्ष नेताहरुवीचको छलफल जारी छ । यस्तो थियो धमलाको हमलामा बरिष्ठ नेता रामचन्द्र पौडेलसँगको अन्तर्वार्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।