उपेन्द्र यादव वाम गठबन्धनसँग नजिकिँदै, तालमेल गरेर चुनाव लड्ने मनशाय

काठमाडौं, ९ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय वाम गठबन्धनका नेताहरुसँग सम्पर्क बढाएका छन् ।

राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गरेको बेला अध्यक्ष यादवले वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्वाद अघि बढाएका हुन् । खासगरी २ नम्बर प्रदेशमा उनले वाम गठबन्धनसँग तालमेल गरेर चुनाव लड्ने मनशाय बनाएका छन् ।

उनले २ नम्बर प्रदेशमा तीन सिट माँगेका छन् । तर, यसबारेमा वाम गठबन्धनले साझा धारणा बनाउने र अनि सहमतिमा पुग्ने संकेत गरेका छन् । यता राजपा र फोरमले पनि आज संयुक्त रुपमा एमालेसँगमात्रै छलफल गरिरहेको छ । राष्ट्रिय सभा चुनावको बारेमा छलफल भैइरहेको जनाईएको छ । दुई नम्बर प्रदेशमा वाम गठबन्धनसँग तालमले गर्ने उद्देश्यले राजपा नेपाल र फोरम नेपालले वार्ता गर्न लागेको हो ।

काँग्रेससँग पाँच सीटको दावी गर्ने राजपा नेपाल र फोरम नेपालले वाम गठबन्धनसँग ६ सीटको दावी गरेको छ । काँग्रेसले पाँच सीट दिने विषयमा हालसम्म जानकारी गराएको छैन । माघ ६ गते यी दुई पक्षकोबीचमा कुराकानी भएको थियो । स्रोतका अनुसार राजपा र फोरमले पाँच सीटको दावी गरेपछि काँग्रेसले पार्टीमा छलफल गरेर जानकारी गराउने बताएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।