गौचनको हत्यामा संलग्न ‘गुम्बे’ चितवनबाट पक्राउ
काठमाडौं । धनकुटा खबर । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौचनको हत्यामा संलग्न भनिएका श्यामबहादुर गुम्बेलाई राती ११ बजे चितवनको गितानगरबाट प्रहरीले पक्राउ गरेको हो । गौचनको २३ असोजमा काठमाडौंको शान्तिनगरमा दिउँसो ३ बजे गोली हानी हया भएको थियो ।
बारा जिल्लाको गढीमाई नगरपालिका वडा नं. १ घर भएका गुम्बे चितवनको गितानगरमा कोठा लिएर बसेका थिए । गुम्बे गितानगरमा कोठा लिएर बसेको थाहा पाएपछि गुम्बेलाई पक्राउ गर्न काठमाडौंबाट प्रहरी पुगेको थियो । प्रहरीले गुम्बे बसेको कोठामा ढकढक पारेपछि उनकी श्रीमति चिच्याउँदा स्थानीयले थाहा पाएका थिए ।
प्रहरी पुगेको सुइको पाएपछि गुम्बे भाग्न खोजेका थिए । तर, प्रहरीले चारैतिर घेरा हालेका कारण भाग्न नपाएको स्थानीयले बताएका छन् । तर, चितवन प्रहरीले भने गुम्बेको पक्राउ बारे जिल्लालाई केही थाहा नभएको बताएको छ ।


