नेपाली भूमि मिचिएको सीमा क्षेत्रमा पुगेर वाईसीएलले गाड्यो नेपाली राष्ट्रिय झण्डा

भारतले नेपालको भूमी फिर्ता नगरे क्याम्प नै खडा गर्छौँ : दीपशिखा

काठमाडौं । माओवादी केन्द्र निकट युवा संगठन युङ कम्युनिस्ट लिग (वाईसीएल) ले पर्सामा नेपाली भूमि मिचिएको क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा गाडेको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित विवादित नेपाल भारत सीमा क्षेत्रमा पुगेर वाईसीएलले राष्ट्रिय झण्डा गाडेका हुन् ।

वाईसीएलले आफ्नो भूमि रक्षाका लागि सीमानामा उभिन तयार रहेको समेत बताएको छ । भारतले सीमा मिचेको जग्गा धनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएका वाईसीएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाले अन्नपूर्णलाई जानकारी दिए ।

महतो सो क्षेत्रमा चार कठ्ठा जग्गा भारतले मिचेको छ । महतोको अनुसार त्यस वरीपरी भारतले करिब ५० बिघा जग्गा मिचेको बताए । दीपशिखाले मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा क्याम्प नै खडा गरेर बस्ने उद्घोष गरेका छन् ।

त्यस्तै वाईसीएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ । ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वाईसीएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।