दुबै आँखाका ज्योती गुमाएका शर्मालाई नेपाली कांग्रेसले बनायो राष्ट्रिय सभा सदस्यको उम्मेदवार
काठमाण्डौ, ९ माघ । एमाओवादी कार्यकर्ताद्धारा तेजाव छर्केर दुबै आँखाका ज्योती गुमाएका रूकुम खोलागाँउ ९ का गोपालप्रसाद शर्मालाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार वनाएको छ ।

माओवादी केन्द्र नेताहरुले आफ्नी श्रीमति नातेदारहरुलाई प्रदेश सभाको सांसद र राष्ट्रिय सभाको उम्मेदवार बनाइरहेका बेला कांग्रेसले टिकट दिएरु द्वन्द्वकालका पीडित कार्यकर्ताहरुमाथि न्याय गर्न खोजेको छ।
२०५५ सालमा फरक आस्था राखेका शर्मालाई गाउँकै माओवादी कार्यकर्ताहरूले ज्यान लिने उद्धेश्यले आक्रमण गरेका थिए । २०५५ पुष महिनाको एक साँझ खाना खाईवरी सुत्ने तयारी गरीरहेका शर्मालाई अध्यक्ष ज्यू बास पाईन्छकी भन्दै पाहुना बनेर आएका माओवादी कार्यकर्ताहरूले आँखामा तेजाव र मट्टीतेल छर्केर आगो लगाएका थिए । त्यतिवेला शर्मा गाविस अध्यक्ष थिए ।
घेराहाली कुटपीट गरेर आँखामा तेजाव हालिदिएका दिए। तेजाव हाल्नुअघि उनलाई निर्घात कुटेर मरणासन्न बनाइएको थियो।
घरका सबैजना सदस्यलाई कोठामा थुनेपछि निर्घात कुटपिट गरेर आँखामा तेजाव हालिएका शर्मालाई भोलिपल्ट विहान मरणासन्न अवस्थामै काठमाडौं ल्याएर उपचार गरिएको थियो। नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएवापत उनले माओवादी ज्यादति भोगेका थिए।
नेपाली कांग्रेसले शर्मालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार वनाएपछि कांग्रेस प्रवक्ता विश्व प्रकास शर्माले सामाजिक संजाल ट्वीटरमा त्यसको प्रतिकृया दिएका छन् । प्रवक्ता शर्माले उम्मेदवार शर्मालाई शुभकामना ब्यक्त गर्दै लेखेका छन्

दुवै आंखामा तेजाब हालेर माओवादीले रुकुमका गोपाल शर्मालाई दृस्टीविहिन बनाएका थिए, कांग्रेसले आज उहाँलाई रास्ट्रीयशभाको उम्मेदवार बनाएको छ !
हार्दिक सम्मानपुर्वक उहाँलाई हार्दिक शुभकामना !!


