प्रदेश ५ बाट राष्ट्रियसभा निर्वाचनमा कोमल वलीसहित ३ जना निर्विरोध विजयी

दाङ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश ५ बाट महिला सिटमा कोमल वलीसहित ३ जना निर्विरोध भएका छन् । आज उम्मेदवारी दर्ताको दिन प्रदेश ५ बाट निर्वाचित हुने महिलाको ३ सिटमा ३ जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।

राष्ट्रियसभामा प्रदेश ५ बाट नेकपा एमालेका उम्मेदवारहरु कोमल वली र मीना बुढा तथा नेपाली कांग्रेसकी अनिता देवकोटाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनु भयो ।

उहाँहरु निर्वाचित भएको औपचारिक घोषणा भने उम्मेदवारको नाममाथि दाबी विरोधको समय सकिएपछि माघ १५ गतेमात्रै हुने छ । राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये महिला ३ जना हुनेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।