प्रधानमन्त्री बन्नुपूर्व ओलीलाई मोदीले बधाई दिएको भन्दै कांग्रेस नेताले दिए खरो अभिव्यक्ती

काठमाण्डौ, १० माघ । नेपाली कांग्रेसका नेता एन.पी. साउदले राष्ट्रिय सभाको निर्वाचनलगत्तै पार्टीले पदाधिकारी चयन र विभागहरु गठन गर्ने स्पष्ट पारेका छन् ।

बुधबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले भने,‘निर्वाचन सम्पन्न भएलगत्तै हामी पदाधिकारी र विभागहरु गठन गर्छौं ।’

नेता साउदले पदाधिकारी मनोनयनको लागि पार्टीभित्र र बाहिर कुरा उठिरहेको बताउँदै निर्वाचनलगत्तै त्यसबारेमा ठोस निर्णइ लिईने जानकारी दिए । उनले पार्टी सभापति शेरबहादुर देउवाको अहिले विकल्प नरहेको समेत जिकिर गरे ।

साउदले अहिले विशेष महाधिवेशनको कुनै संभावना नरहेको समेत स्पष्ट पारे । उनले भने,‘अहिले विशेष महाधिवेशनको कुनै संभावना छैन, यो पार्टीको हितम पनि छैन, हालै बसेको केन्द्रिय कार्यसमितिको बैठकमा ८० जना केन्द्रिय सदस्यहरुको उपस्थिति थियो, तर तीमध्ये कसैले पनि विशेष महाधिवेशनबारे एक शब्द उच्चारण गर्न सक्नुभएन्, के को विशेष महाधिवेशन ? विशेष महाधिवेशन दुई वटा कारणले मात्रै हुनसक्छ, एउटा केन्द्रिय कार्यसमितिले निर्णय गर्नुपर्छ, अर्को २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित बुझाउनुभयो भने विशेष महाधिवेशन बैठक बस्न सक्छ ।’

उनले कांग्रेस पार्टीका इतिहासमा सभापति महाधिवेशन र क्रान्तिबाट चयन हुने भएकोले १३ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुरको देउवाको अहिले विकल्प नरहेको दाबी गरे ।

निर्वाचनमा पार्टीले व्यहोरेको हारको अहिले गम्भिर समिक्षा भैरहेको पनि उनले जानकारी दिए । उनले थपे,‘अहिले देशभरिबाट रिपोर्टहरु आईरहेका छन्, गम्भिर समिक्षा भैरहेका छन् ।’

नेता साउदले मुलुक यतिवेला संविधान कार्यान्वयनको मध्यान्हतिर आईपुगेको बताउँदै भने,‘अहिले हामी राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा छौं, नयाँ सरकार गठन हुन्छ, निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको जोखिम पार हुन्छ ।’ उनले कांग्रेस पूरानो पार्टी भएकोले पार्टीभित्र उठेका फरक मतहरुको सम्मान गर्नै स्पष्ट पारे ।

निर्वाचनमा आफूहरुले अपेक्षा गरेको अनुसार परिणाम नआएको उल्लेख गर्दै साउदले भने,‘निर्वाचनमा अपेक्षा गरे अनुसार परिणाम आएन्, कांग्रेस अनुभवी पार्टी हो, हालै हामीले केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न गर्यौं, यो बैठकमा हामीले राष्ट्रिय निर्वाचनको लागि रणनीति बनायौं, चुनावको बारेमा संक्षिप्त समिक्षा गर्यौं।’ बैठकले निर्वाचनमा पराजयको मुल कारण वाम गठबन्धन बन्नु नै रहेको निश्कर्ष निकालेको पनि उनले जनाए । यद्धपी उनले निर्वाचन मतपरिणाम हेर्दा प्रत्यक्षतर्फ ज्यादा र समानुपातिकतर्फपनि एमालेभन्दा थोरै कम मत आएको सुनाए ।
पूर्वमन्त्री समेत रहेका नेता साउदले निर्वाचन सम्पन्न नहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अन्र्तराष्ट्रिय बधाई आएको बताउँदै भने,‘एमालेले पनि संसदीय दलको नेता तोकेको छैन, वाम गठबन्धनभित्र पनि सहमति भएर को प्रधानमन्त्री बन्ने भन्नेबारे एकिन भएको छैन, तर हाम्रो एमालेका सभापति आदरणिय केपी शर्मा ओलीजी बैंककबाट फर्किसकेपछि पहिल्यै अग्रिम (यहाँको राष्ट्रपति त उहाँलाई प्रधानमन्त्रीको रुपमा बोलाउनु त स्वभाविक थियो) तर पहिल्यै बाहिरबाट चाहीँ तोकिएको जस्तो भयो, यो आश्चर्य लागेको छ ।’ आफूहरु अब जिम्मेवार प्रतिपक्षको भूमिका बस्ने पनि उनको भनाई थियो ।

कांग्रेसले प्रधानमन्त्री बन्नको लागि कसैलाई पनि अफर नगरेको उनको जिकिर थियो । उनले भने,‘हामीले कसैलाई पनि प्रधानमन्त्री बन्नुहोस् भनेर प्रस्ताव गरेकै छैन, तर कसलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे हामी स्वतन्त्र छौं ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।