देशभरका १६ हजार युवालाई व्यावसायिक तालीम दिइने

काठमाडौँ, ११ माघ । व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ ।

आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालीम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी गराउनुभयो ।

परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको उक्त तालीम दिन थालेको हो । “बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि तालीम सञ्चालन गर्न थालिएका हौँ” उहाँले भन्नुभयो– “तालीमपश्चात उनीहरुको सीप परीक्षणसमेत गरिने छ ।”

परियोजनाले प्राविधिक शिक्षा तथा तालीम परिषद् (सिटीइभिटी)बाट सम्बन्धन प्राप्त संस्थामार्फत तालीम दिइने छ । इलेक्ट्रसियन, अटोमोबाइल, मोबाइल, भेटनरी, सिलाइकटाइ तथा व्यावसायिक कृषि तालीम प्रदान गर्ने परियोजनाका उपसचिव सुजनराज खनालले बताउनुभयो ।

उहाँले परियोजनाले राष्ट्रियस्तरको पत्रिकामा सूचना निकालेर त्यस्ता समूहका युवालाई तालीमका लागि आह्वान गर्ने बताउनुभयो । सूचना निस्केपछि आफूले चाहेको विषयमा तालीम लिनका लागि दरखास्त दिन सक्ने छन् ।

दरखास्त दिएकालाई गरिबी सूचांकको आधारमा तालीममा समावेश गराइने छ । तालीम यही फागुन महिनादेखि सञ्चालन हुनेछ । एक जनाका लागि रु १८ हजार २०० देखि २२ हजार २०० सम्म खर्च हुने खनालले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।