नवराज सिलवाल, कोमल ओली र डन दिपक मनाङेको बारेमा ओलीले पत्रकार सम्मेलनमा यसो भने…! (भिडियो सहित)

काठमाण्डौ, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्व डिहाइजी नवराज सिलवालका विषयमा पहिलो पटक सार्वजनिक धारणा ब्यक्त गरेका छन् । विहिवार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सिलवाल प्रकरण नयाँ बन्ने सरकारले छानविन गर्ने बताएका छन् ।

ओलीले सिलवाल सरकारको थ्रटमा रहेको र उनलाई ज्यानको खतरा रहेको कुरा ठिक भएको बताएका छन् । पुर्व डिआइजी तथा ललितपुर १ का तर्फवाट प्रतिनिधिसभा सदस्य सिलवालले वर्तमान सरकारवाट आफू असुरक्षित भएको भन्दै सुरक्षा माग गरेका छन् । उनले विहिवार विज्ञप्ती वारी गर्दै सुरक्षा माग गरेका हुन् ।

नेता ओलीले पत्रकार सम्मेलनमा भने सिलवाल प्रकरण बारे पछि बन्ने सरकारले यथार्थमा छानविन गर्नेछ । जो दोषि छ त्यसलाई कार्वाहि हुनेछ । राजनीतिक प्रतिशोधका कारण सरकारले अन्य अपराधीहरु छोडेर तर सिलवालको पछि प्रहरीको लाम लागाएरै लागेको टिप्पणी गरेका छन् । कार्यसम्पादन मूल्याङ्कन कीर्ते प्रकरणमा सिलवाललाई प्रहरीले फरार सूचीमा राखेको छ ।

उनले भने- सरकारले बम पड्काउनेलाई छोड भन्ने नछोडे प्रहरीकै सरुवा गर्ने र उसैलाई बम पड्काउने गरेको छ । नेपाल प्रहरीका पूर्वडिआर्इजी सिलवालले आफूलाई फसाउन खोजिएकाले सम्पर्कमा नआएको समेत बताउँदै आएका छन् । सिलवालले नयां सरकार बने पछि आफु कानुी उपचारमा सहभागी हुने बताएका छन् । झण्डै तीन दशक प्रहरी सेवामा रहेरका सिलवाल पुस १८ गतेदेखि बेपत्ता छन् । उनको परिवार समेत अमेरिका लागेको छ । उनकी श्रीमती र दुई छोरी अमेरिका गएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।