नेता गगन थापाले भने,- ६५ बर्ष पुगेकालाई भत्ता दिने निर्णय गलत

रौतहट । नेपाल काँग्रेसका नेता गगन थापाले पार्टी भित्र नेतृत्व हस्तान्तरणमा बहस र छलफल आवश्यक भएको बताउनुभएको छ । निर्वाचनमा पराजय हुनु शीर्ष नेताको कमजोरी रहेको बताँउदै काग्रेसमा अव युवा पुस्ताले नेतृत्व लिने बेला आएको जिकिर गर्नुभयो ।

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित निर्वाचन पछिको सन्र्दभ र नेबि संघको भुमिका बिषयक २ नम्वर प्रशिक्षण कार्यक्रममा युवा नेता थापाले कांग्रेसको नेतृत्व युवा पुस्तालाई स–सम्मान हस्तान्तरण गर्नुको बिकल्प नरहेको बताउनुभयो ।

अधिकांश समय पार्टी सुधारको पक्षमा बोल्नुभएको थापाले पार्टीका अग्रज नेताहरुलाइ उच्च सम्मानका साथ राख्ने र नेतृत्व भने यु्वा पुस्ताले पाउनु पर्ने जिकिर गर्नुभयो ।

थापाले सरकारले ६५ बर्ष पुगेका बृद्धबृद्धाहरुलाइे भत्ता दिने भनि गरेको निर्णय ठिक नभएको समेत बताउनुभयो । यस्तै पार्टीका अर्को केन्द्रीय सदस्य धनराज गुरुङले पार्टी अब एक ढिका भएर जानुको कुनै बिकल्प नभएको बताउनुभयो ।

बिभिन्न कारणले प्रतिनिधि सभा र प्रदेश सभामा हार बेर्होनु परेको भएता पनि अब आउदो निर्वाचनमा बहुमत ल्याउने गरी नेतृत्व बर्गले नेता तथा कार्यकर्तालाइ परिचालन गर्नु पर्ने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।