एमाले-माओवादी कम्युनिष्ट होइनन् : सिपी गजुरेल
ओखलढुंगा, माघ १२ । नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले एमाले माओवादी केन्द्रबीचको गठबन्धन दक्षिणपन्थी भएको आरोप लगाउनुभएको छ ।

ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वाम नभएर दक्षिणपन्थी भएको आरोप लगाउनु भएको हो ।
नेकपा क्रान्तिकारी माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमाले र माओवादी दुवै वाम नभएकाले यो गठबन्धनले दक्षिणपन्थीलाई फाइदा पुगको दावी गर्नुभयो ।


