तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

लहान, १२ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा ना७ख १८३५ नंको ट्रक एकापसमा ठोक्किँदा ट्रक चालक उदयपुर त्रियुगा नगरपालिका–४ का कविराम माझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।

सोही दुर्घटनामा परी त्रियुगा नगरपालिका–४ का शैला दनुवार, उहाँकी आमा सञ्जना दनुवार, सोही ठाउँकी रञ्जु माझी र नीरबहादुर माझी घाइते भएका छन् । घाइतेको लहानस्थित सप्तऋषि नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।