किन गएनन् ओली भारतीय दूतावासको भोजमा ? बाहिरियो यस्तो रहस्य !
काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासले आयोजना गरेको कार्यक्रममा अनुपस्थित भएका छन् । नेपालका लागि भारतीय राजदूतावासले शुक्रबार लैनचौरस्थित दूतावासभित्र ६९ औं गणतन्त्र दिवसको विशेष कार्यक्रम आयोजना गरेको थियो ।
दूतावासबाट ओलीलाई निम्तो गएको थियो । तर, ओली भारतीय राजदूतावासको कार्यक्रममा सहभागी हुन गएनन् । ओली पोखरातिर हान्निए । पोखारामा भएको एउटा औपचारिक कार्यक्रममा सहभागी भएर सरकारविरुद्ध खनिएका छन् ।
आफू भारतीय कार्यक्रममा सहभागी हुन नगए पनि ओलीले माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङसहितका नेताहरूलाई भने पठाएको उच्च स्रोतले जनाएको छ । ओलीले शुक्रबार बिहान राजदूत पुरीलाई फोन गरेर पोखरामा कार्यक्रम परेकाले आफू आउन नसक्ने जानकारी टेलिफोनमा दिएको स्रोतको दाबी छ ।
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओली भारतीय राजदूतावासले राखेको विशेष कार्यक्रम र दिवा भोजमा सहभागी नहुनुलाई अझै पनि ओली र भारतबीचको सम्बन्धमा सुधार नभएको टिकाटिप्पणी भइरहेको छ ।
दिवा भोजमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, राजनीतिक दलका शीर्ष नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा निकै महत्वका साथ हेरिएका एमाले अध्यक्ष ओली भने उपस्थिति नभएको देख्दा धेरैले जिब्रो टोकेका थिए । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष ओलीलाई विशेष महत्व दिएर फोनवार्ता गर्ने गरेका छन् । कार्यक्रममा मधेस केन्द्रित दलका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, अनिलकुमार झासहितका अधिकांश नेताहरू राजदूतावासको दिवाभोज कार्यक्रममा सहभागी भएका थिए ।
https://youtu.be/PABqaloqPVw


