हामी जम्मै क्षमता नभएका नेताहरु हौं, क्षमता भएको भए किन धुलो उड्थ्यो र ? : महेन्द्र शाही (भिडियो)

प्रचण्डलाई अध्यक्ष नदिए एमाले ‘आउट’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शाहीले दुई पार्टीवीचको एकता गर्न सजिलो नभएको स्पष्ट पारेका हुन् । उनले भने, ‘अहिले मुलुकमा स्थायित्व नचाहानेहरुको बाहुल्यता छ, एकता नचाहाने शक्तिहरु अहिले सक्रिय छन्, यो देशमा पार्टी जुटाउन भन्दापनि फुटाउन सहयोग गर्नेहरुको ठूलो भीड छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता शाहीले पार्टी एकताको लागि दुवै पार्टीका नेताहरु फलामको चिउरा चपाउन तयार हुनुपर्नेमा जोड दिए । उनले थपे, ‘एकता त अहिले फलामको चिउरा चपाएसरह हो, यसको लागि हामी तयार हुनुपर्छ, अब कम्युनिष्टहरुको लागि अग्निपरिक्षा सुरु भएको छ, तर हामी निराश भएका छैनौं ।’ दुई पार्टीवीचको एकताले दाँत भाँचिन सक्ने खतरा रहेको उनको भनाई थियो ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष नदिए एमालेसँग एकता हुनै नसक्ने शाहीको उद्धघोष छ । उनले भने,‘अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ ।’ उनले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री र एकतापछिको पार्टीको अध्यक्ष दुवैपद आफूले लिन चाहेको हो कि भन्ने संकेत गर्दै भने,‘काम नगर्नेहरुलाई किन चाहियो दश वटा पद ? कार्यविभाजन गर्दा अब एक व्यक्ति एक पद गरेर हामी अघि बढ्छौं ।’

नेता शाहीले कसैलाई प्रधानमन्त्री बनाउनकै लागि एकता नहुने र आफूहरु कार्यकर्ता नबन्ने दाबी गरे । उनले भने, ‘कसैलाई प्रधानमन्त्री बनाउनको लागि हामी सिपाही बन्दैनौं, फेरि कुनै एक व्यक्तिलाई राजा बनाउनको लागि हामी सिपाही बन्न सक्दैनौं ।’ यद्धपी आफूहरु जनचाहना अनुसार सेवा गर्न सिपाही बन्न भने तयारी अवस्थामा रहेको विश्वास दिलाए ।

शाहीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान कामचलाउ सरकारले गरेका पछिल्ला निर्णयहरुको बारेमा आम नागरिकले आफ्नो धारणा सार्वजनिक भैरहेको उल्लेख गर्दै भने,‘हामी जम्मै क्षमता नभएका नेताहरु हौं, क्षमता भएको भए किन धुलो उड्थ्यो र ?’ उनले नेताहरुलाई पदमात्रै चाहिने गलत परम्परा रहेको गुनासो पोखे ।

उनले वृद्धभत्ता दिनु त राम्रो कुरा भएको व्यंग्य गर्दै भने,‘सके त किन वृद्धभत्ता, भत्ता नै दिए राम्रो हुनेथियो, तर राज्यको क्षमता पनि हेर्नुपर्यो नि ?’ मुलकमा उत्पादन क्षमता वृद्धि गर्नतिर लाग्नुपर्ने उनको भनाई थियो ।

https://youtu.be/bPSqrmX1OSo



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।