छोराले अन्तरजातीय विहे गरेकै कारण बुवा थुनामा !

कोहलपुर । छोराले अन्तरजातीय विहे गरेकै कारण बर्दियामा एक दलित परिवार प्रहरी थुनामा परेको छ। छोराले अन्तरजातीय विवाह गरेपछि ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले बढैयाताल गाउँपालिका ९ मुनालबस्तीका किष्णबहादुर सुनारलाई नियन्त्रणमा लिएर थुनामा राखेको हो।

१९ बर्षीय छोरा संजय सुनारले स्थानीय १८ बर्षीय सुष्मा पाण्डेलाई भगाएर विवाह गरेपछि प्रहरीले बुवालाई थुनामा राखेको हो। प्रेम विवाह गरेर केटाकेटी भागेपछि केटाका बुवालाई प्रहरीले शुक्रबार थुनेको बताइएको छ। केटी पक्षको दबाबमा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र मल्लले बुवालाई थुनामा राख्न लगाएको सञ्जयका आमा माया सुनारले बताइन्। कुनै उजुरी र दोष नभएपनि अन्तरजातीय विवाह गरेकै कारण प्रहरीले आफ्ना पतिलाई थुनामा राखेको उनले दुखेसो पोखिन।

संजय सुनार र सुष्मा पाण्डेले माघ ७ गते भागेर विहे गरेका थिए। उनीहरु माघ ७ गते नै भागेर भारत गएका थिए। प्रहरी चौकी मौनापोखरका प्रहरी निरीक्षक मल्लले केटाकेटीको उमेर सोधपुछ गर्दा बुवाले उमेर नबताएपछि उपचार गर्न थुनामा राखिएको बताए। केटाकेटीको उमेर कम भएपनि थाहा पाउँदा पाउँदै केटाका बुवाले बताउन नचाँहेको र उमेर सोध्दा अलि आक्रोशित भएर बोलेपछि थुनामा राखिएको उनको भनाई छ।

आइतबार विहान १० बजे केटा पक्षले केटाकेटी ल्याउने सहमति गरेकोले यो विषयमा थप छलफल हुने प्रहरीले बताएको छ। प्रहरीको भनाईमा केटाकेटीको विवाह गर्न उमेर पुगेको छैन्। सुनार र पाण्डेले गएको जेठ २४ गते पनि भागी विहे गरेका थिए। त्यतिबेला प्रहरीमा आफन्तले केटाकेटी बुझ्ने सहमति भएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।