नारायणपुर महोत्सवमा दर्शकहरू भागाभाग, यस्तो छ कारण…

नारायणपुर । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखि सुरु भएको महोत्सवमा राजधानीबाट ल्याइएका झिनामसिना कलाकारका कारण दर्शकहरू दिक्क बनेका छन् ।

राजधानीबाट आएका कलाकारहरूको प्रस्तुति हेर्न टिकट काटेर आएका दर्शकहरूले आफूले खोजेको जस्तो प्रस्तुति हेर्न नपाएपछि आयोजकहरूलाई गाली गरेर कार्यक्रमस्थलबाट दर्शक बाहिरिएका हुन् । महोत्सवमा नामै नसुनिएका कलाकारहरूलाई भनसुनका ल्याइएपछि यस्तो अवस्था आएको हो ।

आफूलाई गायिका बताउने सिर्जना खत्रीले प्रस्तुति दिँदा दर्शकहरू महोत्सवबाट बाहिरिएका थिए । बरु नारायणपुरको महोत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति राजधानीमा ल्याएका सिर्जना खत्रीहरूभन्दा निकै राम्रो प्रस्तुति दिएको स्थानीय विकास घिमिरेले बताए ।

शनिबार लोकदोहोरी गायक रोहन ओली, गायक शरद समीप, टोपेन्द्र विष्ट, राजु विक लगायतका कलाकारले प्रस्तुति दिएका थिए । लोक दोहोरी गायिका रुपा घर्ती मगरको उदघोषण पनि दर्शकले नरुचाएको महोत्सव हेर्न आएका बिविन चौधरीले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।