प्रधानमन्त्री देउवाको अर्को तयारी : बेरोजगार युवालाई मासिक २ हजार दिने

काठमाडौं १४ माघ । सरकारले बेरोजगार युवालाई मासिक भत्ता दिने निर्णय गर्ने तयारी गरेको छ ।

कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले शेरबहादुर देउवाले महत्वपूर्ण निर्णयालाई निरन्तरता दिदै बेरोजगार भत्ता दिने निर्णय गर्न लागेका हुन् ।

प्रधानमन्त्री हुनासाथ सुरुमा निर्वाचन आचारसंहिताले केही काम गर्न नपाएको भन्दै देउवाले चुनाव सकिएलगत्तै आफ्नो योजनामा रहेका विषय निर्णय गरेर कार्यान्जयनमा लैजान लागेको बताइएको छ ।

लामो सयम सरकारमा रहँदा उत्पादनलाई मात्रै प्राथमिकता दिएकाले अब वितरणलाई पनि ध्यान दिनुपर्ने कांग्रेसभित्रैबाट पनि आवाज उठेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि राष्ट्रको ढुकुटी बढाउन योगदान दिएको कांग्रेसले अहिले केही वितरणमुखी कार्यक्रम ल्याउनु स्वभाविक भएको बताएक छन् ।

आइतबार विहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले कांग्रेसले राष्ट्रको ढुकुटीमा पैसा बढाउनका लागि मूल्य अभिवृद्धि करको नीति ल्याएर अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै अहिलेको सरकारले गरेका निर्णयको आलोचना गर्नुको औचित्य नरहेको स्पष्ट पारेका थिए ।

अहिल मन्त्रिपरिषदमा बेरोजगार भत्ता मासिक २ हजार रुपैयाँ दिने, शैक्षिक प्रोत्साहन भत्ता दिनेलगायत दर्जनभन्दा बढी प्रस्ताव अडकिएका छन् । ति प्रस्तावलाई निर्णय गर्ने तयारीमा देउवा रहेको बताइएको छ ।

सामुदायिक विद्यालयको प्राथमिक तहमा पढ्ने छोराछोरीका आमालाई प्रोत्साहन भत्ता दिने प्रस्ताव अघि सारिएको बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।