फोरमको नेतृत्वमा प्रदेश सरकार : उपेन्द्र यादव (भिडियो सहित)

बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ ?

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ मा फोरमको नेतृत्वमा प्रदेश सरकार गठन हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले यो प्रदेशमा साधनस्रोत शून्य अवस्थामा रहेको, यहाँका मानिस पिछडिएको तथा सिंहदरबारले उपेक्षाभावले हेरेकाले यहाँका जनतामा गरिबी, बेरोजगारीजस्ता समस्या समाधान गर्न सरकारसमक्ष चुनौती रहेको बताउनुभयो ।

अर्को प्रसंगमा अध्यक्ष यादवले संविधानमा धेरै त्रुटि रहेकाले संविधान संशोधन नगरी राष्ट्रिय मुद्दा हल नहुने बताउनुभयो ।

संविधान संशोधनको विषयमा जिम्मेवारीपूर्वक एमालेले भूमिका निर्वाह गरेमा आफूहरुको सहयोग हुने बताउँदै उहाँले वाम गठबन्धनको बहुमत भएकाले हामीलाई सरकारमा किन ल्याउनुपर्‍यो भनी प्रतिप्रश्न गर्नुभयो । तर उहाँले सरकारले सहयोग चाहेको भए सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

https://youtu.be/u3mKAt2L-6s



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।