मध्येराती काठमाडौँमा सुरक्षागार्डको हत्या : मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

काठमाडौँ, १५ माघ । काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ ।

इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई प्रहरीले ट्रमा सेन्टर पु¥याएलगत्तै मृत्यु भएको थियो ।

तामाङको टाउकोमा धारिलो हतियारले काटिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यसैगरी गए राति नै मीनभवनमा मोटरसाइकलको ठक्करबाट दोलखा सामाकोशी–२ का ५० वर्षीय ध्रुव कार्कीको मृत्यु भएको छ ।

कार्कीलाई मीनभवन क्याम्पसअगाडि बा९०प ६०६४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर नयाँ बानेश्वरले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।