राष्ट्रियसभा निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित, कुन दलका कति निर्वाचित ? – हेर्नुहोस् नामावली सहित
काठमाडौँ, १५ माघ । राष्ट्रिय सभा निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले सोमबार प्रकाशित गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार, सात वटा प्रदेशबाट निर्वाचित हुने ५६ सदस्यमध्ये २४ सदस्य निर्विरोध भएका हुन् । अब ३२ सिटको मात्र निर्वाचन हुने भएको छ । ३२ सिटका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्विरोध हुनेमा एमालेका ९, काँग्रेसका ८, माओवादी केन्द्रका ३, फोरम र राजपाका २-२ जना छन् ।
निर्वाचन आयोगका अनुसार, प्रदेश नम्बर २ बाट ८ वटै पद निर्विरोध निर्वाचित भएका छन् भने अन्य प्रदेशमा पनि केहीले नाम फिर्ता लिएपछि कतिपय सिट निर्विरोध भएको छ ।
निर्विरोध हुनेमा प्रदेश नम्बर १ मा ६ जना, प्रदेश नम्बर ४ मा १ जना, प्रदेश नम्बर ५ मा ३ जना र प्रदेश नम्बर ७ मा ६ जना रहेका छन् । प्रदेश नम्बर ३ र ६ को भने ८ वटै पदमा अब माघ २४ गते चुनाव हुनेछ ।
राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ । जसमध्ये ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
हेर्नुस् नामावली:



