नेपाल आउन लागेकी सुस्मा स्वराजलाई माओवादी केन्द्रले दियो झस्का पस्ने खबर !

काठमाण्डौ, १६ माघ । नेकपा माओवादी केन्द्रले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको बताएको छ । गत माघ १८ (बिहिबार) नेपाल आउन लागेकी स्वराजलाई यो भनाईले झट्का लागेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दुत बनेर नेपालका संभावित प्रधानमन्त्री केपी ओलीसँग सम्वन्ध सुधारको पहल गर्न आउन लागेकी स्वराजको नेपाल भ्रमण उपयुक्त समयमा नभएको माओवादी केन्द्रका अन्तराष्ट्रिय विभाग सदस्य युवराज चौलागाँईले बताएका छन् ।

मंगलबार बिहान आफ्नो फेसबुकमा स्टाटस लेख्दै चौलागाँईले स्वराजको नेपाल भ्रमणले भारतप्रतिको अविश्वास बढ्ने टिप्पणी समेत गरेका छन् । चौलागाईले आफ्नो फेसबुक स्टाटसमा स्वराजको भ्रमण अहिले भन्दा नयाँ सरकार बनेपछि भारतीय प्रधानमन्त्रीको दूतको रुपमा स्वागत र शुभकामना दिनको लागि उपयुक्त हुने सुझाव दिंदै भ्रमण नगर्न दवाव समेत दिएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नयॉ सरकार बन्दै गरेको अबस्थामा उनको भ्रमण असान्दर्भिक, अनुपयुक्त र गलत देखिन्छ । नयॉ प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा मोदीको प्रतिनिधी बनेर उनी आउँदा भारतको इज्जत बढ्ने थियो । तर, कुबेलामा आएकी उनले नेपालमा भारत प्रति अविश्वास मात्रै पैदा गरेर जानेछिन् । यसले स्वयम् भारतकै अहित गर्ने छ ।’

भारतले नेपालमा बाम गठबन्धनको सरकार नरुचाएको चर्चा चलिरहँदा स्वराजको हुन लागेको भ्रमणलार्य राजनीतिक रुपमा अत्यन्त चासो र आलोचनात्म रुपमा लिइएको छ । भारतले स्वराजको नेपाल भ्रमणबारे सोमबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको थियो । स्वराजको अकास्मिक नेपाल भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।