नेपाली सेनाले ऐतिहासिक हात हतियार र फोटो प्रदर्शनी गर्ने

काठमाडौँ, १७ माघ । नेपाली सेनाले ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ को उपलक्ष्यमा यही माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा फोटो प्रदर्शनी गर्ने भएको छ ।

नेपाली सेना ‘इतिहासदेखि वर्तमानसम्म’ आधारित रहेर आयोजना हुने उक्त कार्यक्रममा सेनाको ऐतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध प्रदर्शनी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सेनाले पहिलो पटक आयोजना गर्न लागेको उक्त बृहत प्रदर्शनीमा सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।

नागरिक र सैनिकको सम्बन्ध सुदृढ एवं प्रगाढ तुल्याउन प्रदर्शनीबाट योगदान पुग्नुका साथै सर्वसाधारणका लागि रोचक र ज्ञानवद्र्धक हुने नेपाली सेनाले अपेक्षा गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।