बेरोजगार र सरकारी विद्यालयमा पढ्ने छोराछोरीका आमालाई भत्ता दिने निर्णय

काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता छोड्ने बेलामा थुप्रै वितरणमुखी निर्णय गर्ने तयारी गरेका छन् । यसअघि ६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय गरेका देउवाले वेरोजगार युवालाई भत्तादेखि सरकारी विद्यालयमा पढ्ने छोराछोरीका आमालाई भत्ता दिनेसम्मको निर्णय केही दिनमा नै गर्ने बताइएको छ ।

एमाले र माओवादी केन्द्रको विरोधबीच प्रधानमन्त्री देउवाले अरु केर्ही निर्णयको तयारी गरेका हुन् । सामुदायिक विद्यालयको प्राथमिक तहमा पढ्ने छोराछोरीका आमालाई प्रोत्साहन भत्ता दिन सरकारका एक मन्त्रीले प्रस्ताव गरेका छन । त्यस्तै सरकारले बेरोजगार युवालाई मासिक भत्ता दिने निर्णय गर्न समेत लागेको छ ।

बेरोजगार भत्ता मासिक २ हजार रुपैयाँ दिने, शैक्षिक प्रोत्साहन भत्ता दिनेलगायत दर्जनभन्दा बढी प्रस्ताव मन्त्रिपरिषदमा पुगेका छन् । अर्थ मन्त्रालयले स्वीकृति नदिएका कारण मन्त्रिपरिषदबाट पारित हुन सकेका छैनन् ।

पर्याप्त बजेट नभएको भन्दै अर्थका अधिकारीहरुले भने यस्ता वितरणमुखी निर्णय नगर्न देउवालाई दबाब दिएका छन् । प्रधानमन्त्रीको उक्त तयारीबाट काँग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत असन्तुष्ट भएको बताइएको छ ।

उद्योगमन्त्री सुनीलबहादुर थापाले बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने प्रस्ताव गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका थिए ।

वाणिज्यमन्त्री विश्वकर्माले त्यसको सट्टा सामुदायिक विद्यालयको प्राथमिक तहमा पढ्ने छोराछोरीका आमालाई प्रोत्साहन भत्ता दिन प्रस्ताव अघि सारेका छन् ।

सरकारले राज्यलाई ५० अर्ब रुपैयाँभन्दा बढी भार पर्ने गरी कर्मचारीको स्वैच्छिक अवकाशको योजनासमेत ल्याएको छ । राज्यको ढुकुटीलाई ख्याल नगरी ल्याइएको स्वैच्छिक अवकाश योजनासम्बन्धी ऐनका कारण सरकार आर्थिक अप्ठ्यारोमा पर्दै छ ।

उक्त विधेयकको ‘आकर्षक लाभ’ उठाउँदै जागिर छाड्न चाहने सरकारी कर्मचारीका लागि ५० अर्ब रुपैयाँभन्दा बढी तत्काल जुटाउनुपर्ने हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।