प्रधानमन्त्री ओलीले सांसदहरुलाई भने,- कर्मचारी सरुवा बढुवाको होइन विकासको फाइल बोक्नुहोस्

काठमाण्डौ १९ फाल्गुन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई एक बनाउनका लागि पार्टी एकता हुने बताएका छन ।

शनिबार संघिय संसद भवन नयाबानेश्वरमा आयोजित एमाले र माओवादीबाट निर्वाचित भएका सांसदको एकीकृत बैठकलाई सम्बोधन गर्दै ओली र प्रचण्डले जनताले भरोसा गरे अनुरुपको पार्टी एकता हुने बताए । बैठकमा प्रधानमन्त्री ओलीले नेपालको राजनीति र वाम एकतामा भारतको चासो रहेको र त्यसलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताए ।

कानुन र सरकार जन्मने ठाउँमा एमाले र माओवादीका सांसद भेला हुनु र एकताको बलियो सन्देश दिनु विकासको आधार बन्ने ओलीको भनाई छ । ओलीले पछिल्लो समय स्वतन्त्र न्यायालयको चाहनामा धक्का लागेको टिप्पणी पनि गरे । यस्तै प्रतिपक्षीलाई पनि सँगै लिएर विकासको बाटोमा देशलाई लैजाने उनले बताए । प्रधानमन्त्री ओलीले सांसदलाई निर्देशन दिँदै सरुवा बढुवाको नभइ विकासको फाइल बोक्न आग्रह गरे ।

बैठकलाई सम्बोधन गर्दे नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलका सांसद एक ठाउँमा भेला हुनु त्यसको प्रमाण रहेको बताए । देशको प्रशासनीक तथा राजनीतिक संरचनामा नयाँपन दिएकाले अब विकासमा पनि नयाँपन दिने प्रचण्डको भनाई छ । उनले एक आपसमा तितो अतीत बोकेका एमाले र माओवादी एक हुनु कल्पना बाहिरको कुरा रहेको तर कल्पना भन्दा बाहिरको कुरा आफूहरुले साकार पारेको बताए ।

एमाले र माओवादी एक अर्काको संरक्षक बन्दै पार्टी एकतासम्म आएको भन्दै दुई पार्टीबिच विगतमा संविधानसभामा आउने सहमति पहिलो भएको र त्यसपछि मात्रै शान्ति सम्झौता भएको प्रचण्डले उल्लेख गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।