तेक्वान्दोमा नेपाल १७ स्वर्णसहित दोस्रो

काठमाडौ, १४ माघ । भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनशिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ ।

यही माघ ३ गतेदेखि आजसम्म भएको च्याम्पियनशिपमा नेपालले १७ स्वर्ण, ११ रजत र सात कास्य गरी ३४ पदकसहित दोस्रो भएको नेपाली टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिनुभयो । उक्त च्याम्पियनशिपको फाइटमा मोहम्मद उमर खानले सिनियर ५४ केजी, अब्बास खानले जुनियर ५८ केजी, निशा श्रेष्ठले सिनियर ५२ केजी र रञ्जित भण्डारीले जुनियर ५४ केजीमा स्वर्ण जित्दा पुम्सेमा पनि स्वर्ण जिते ।

समीर डल्लाकोटीले फाइटतर्पm जुनियर ४५ केजीमा नेपाललाई स्वर्ण दिलाए । उनले पुम्सेतर्पm फाइनलको यात्रा तय गरे पनि रजत पदकमै सीमित भए । त्यसैगरी, समीक्षा भण्डारी, चाँदनीकुमारी गुप्ता, हेमराज गुरुङ, सचिन थापामगर र सबिन सार्कीले फाइटमा स्वर्ण र पुम्सेमा रजत पदक जित्न सफल भए ।

फाइटङतर्पm जिप्सन नेपाल, राजेशकुमार तमाङ र इमरान नजिर सेखले स्वर्ण जिते । सुपृका गुरुङ र हेमन गुरुङले दुवै विधामा रजत र कास्य जित्न सफल भए । पुम्सेमा युनिशा दराइले रजत, फाइटङमा आयुशा श्रेष्ठ, महेशकुमार शाहले रजत पदक र पृति गुरुङले कास्य पदक प्राप्त गरे । यस्तै मेलिना गुरुङ, दीपनारायण चौधरी र जाहिद उल्लाले फाइटतर्पm कास्य पदक जित्न सफल भए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।