अफ्रिकी क्रिकेटर जोन्टी डिपिएलको सद्भावना राजदूतमा

धनगढी । यहाँ आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त हुनुभएको छ ।

दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो उत्कृष्ट फिल्डिङका कारण विश्व प्रसिद्ध रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

प्रतियोगिताको ‘गुडविल एम्बास्डर’ (सद्भावना राजदूत)का रुपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र विश्व क्रिकेट जगत्को ध्यान प्रतियोगितामा तानिने विश्वास गरिएको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

माघ २६ गतेबाट आयोजना हुने डिपिएल क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । डिपिएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिइसकेको छ ।

डिपिएल प्रतियोगिताको आयोजनासँगै देशमा पहिलो पटक खेलाडीको बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिक रुपमा अघि बढाइएको छ । प्रतियोगितामा सहभागी हुने छ वटै टोलीलाई दुईजना अनिवार्य व्यावसायिक खेलाडी राख्नुपर्ने प्रावधानअनुरुप खेलाडीको बोलकबोल (अक्सन)को शुरुवात गरिएको हो ।

रुस्लान डिपिएलको तेस्रो संस्करण अनुमानित लागत रु पाँच करोडको लागतमा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डन्स गरी छ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन् ।

छ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डिपिएलका प्रत्येक टोलीले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५÷१५ खेलाडीलाई टोलीसँग आबद्ध गराईसकेका छन् ।

टी–२० प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक–एक खेल खेल्ने जनाइएको छ ।

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनलमा पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।