युएई विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल चार विकेटले विजयी

काठमाडौँ, १८ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ ।

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर युएइले ब्याटिङ राजेको थियो । युएईले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाई १०७ रन बनाएको थियो । नेपालले १०८ रनको लक्ष्य १९ दशमलव तीन ओभरमै ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विजयी रन बटुलेका थिए । अन्तिम ओभरमा ऐरीले लगातार एक छक्का र एक चौका प्रहार गरेका थिए । उनले अविजित ४७ रन जोडे । यस्तै करन केसीले २० तथा पवन सर्राफले १८ रन बनाए ।

बलिङतर्फ युएईका सुलतान अहमदले दुई तथा मोहमद नाभिद, अमिर हयात, इमरान हैदर र जाहुर खानले एक÷एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाईमन अनवरले १४ तथा मोहमद बोताले ११ रन बनाए । युएईका ६ ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई÷दुई विकेट लिए । तीन खेलको सिरिज १–१ को बराबरी भएको छ । नेपाल पहिलो खेलमा युएईसँग २१ रनले पराजित भएको थियो । सिरिजको अन्तिम खेल आइबार हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।