पाकिस्तानविरुद्द नेपालद्वारा सिरिज ‘क्लिन स्वीप’

काठमाडौँ, २१ माघ । घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टि–२० सिरिज नेपालले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको अन्तिम अन्तिम टी–२० मा पाकिस्तानलाई नौ विकेटले हराउँदै नेपालले सिरिज ४–० ले आफ्नो पक्षमा पारेको हो ।

इस्लामावादमा पाकिस्तानले दिएको १२७ रनको लक्ष्य नेपालले १० ओभर चार बलमा एक विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा मनकेसी चौधरीले ८१ रनको अर्धशतकीय इनिङ खेलिन् । उनको यो दोस्रो अर्धशतक हो । यस्तै आशा रेग्मीले ३२ रन जोडिन् ।

पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल नौ विकेटले जितेको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालका लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ दि म्याच घोषित हुँदै २५ हजार हात पारिन् ।

यसैगरी सिरिज जितेको नेपालले एक लाख पाकिस्तानी हात पा¥यो । पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलको आयोजनामा भएको यस सिरिज विश्व नेत्रहीन क्रिकेट लिमिटेडबाट मान्यता प्राप्त सिरिज हो ।

लिग विजेता मनाङ पहिलो भेट ढाका अबहानीसँग

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल विजेता मनाङ–मस्र्याङ्दी क्लबले एएफसी कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा बङ्गलादेशीको लिग विजेता क्लब ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ । एशियन फुटबल महासङ्घ (एएफसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार मनाङले पहिलो खेलमा अबहानी लिमिटेडको सामना गर्ने भएको हो ।

समूह ‘इ’ मा रहेको मनाङले पहिलो खेलका रुपमा आगामी अप्रिल ३ मा अब हानी लिमिटेडको सामना गर्नेछ । मनाङको होम खेलअन्तर्गत रहेको उक्त खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । मनाङले अबहानीसँग अव खेल भने ढाकास्थित बङ्गबन्धु स्टेडियममा आगामी जुन १९ मा खेल्नेछ ।

ए डिभिजन लिग विजेता टोली एएफसीमा सहभागिता जनाउने प्रवधानअनुसार मनाङले यो अवसर पाएको हो । यस्तै मनाङले प्ले अफबाट आउने टोलीसँगको अवे खेल अप्रिल १७ मा खेल्नेछ । भारत, श्रीलङ्का र भूटानमध्येको एक टोलीले खेल्नेछ । प्ले अफबाट आउने टोलीसँग मनाङले होम खेल आगामी जुन २६ मा एन्फा कम्प्लेक्समा खेल्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।