प्रदेश-१ स्तरिय महिला फुटबल : झापा, मोरङ्ग र उदयपुर विजयी
धनकुटा खबर । धनकुटामा जारि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ अन्र्तगत १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगितामा मंगलवार सम्पन्न खेलमा झापा, मोरङ र उदयपुर विजयी भएका छन् ।
विहान भएको पहिलो खेलमा झापा र सुनसरी वीचको खेल निर्धारित समयसम्म २–२ गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा झापाले सुनसरीले ३–२ गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै दिउँसो सम्पन्न दोस्रो खेलमा उदयपुरले ओखलढुंगालाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । आज भएको अन्तीम तथा तेस्रो खेलमा मोरङले संखुवासभालाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।


