धनकुटाको हिलेमा भलिवल जारी, यी हुन सेमिफाईनलमा प्रवेश गर्ने टिम…

धनकुटा खबर । रामनवमीको अवसरमा हिलेमा जारी १३ औ अन्तराष्ट्रिय रामनवमी आमन्त्रणकप खुल्ला भलिवल प्रतियोगिताको सेमि फाईनलमा नेपाल आर्मी, झापा, पूर्वाञ्चल र भोजपुर भलिवल क्वल प्रवेश गरेकाछन् ।

आज भोजपुर र झपा वीच भएको पहिलो खेलमा २९–२७, ८–२५, २५–१६ सेटले झपालाई हराउदै भोजपुर विजयी भएको हो । भने पूर्वाञ्चल र नेपाल आर्मी वीचको दोश्रो खेलमा २५–१६,२५–२१ को सोझो सेटमा पूर्वाञ्चल विजयी भएको छ ।

त्यस्तैगरी झापा र वेष्ट वंगाल ईण्डिया वीचको तेश्रो खेलमा २९–२७ र २५–२१ को कठिन सेटमा झापाले जति हाँसिल गर्यो । भने आयोजक र पूर्वाञ्ल वीचको चौथो खेलमा २१–२५ र २३–२५ को सोझो सेटमा पूर्वाञ्चल विजयी वन्यो ।

प्रतियोगिता अन्र्तगत समूह चरणको अन्तिम खेलमा भोजपुर र वेष्ट वंगाल ईण्डिया भीडेका थिए । यी दुई टीम वीचको खेलमा २५–१८, २२–२५ र २५–१४ को सेटले भोजपुर विजयी भयो ।

हिले भलिवल क्लव धनकुटा १ हिलेको आयोजनामाजारी प्रतियोगिताको नक आउट चरणको पहिलो खेलमा भोलि फाईनल प्रवेशका लागि नेपाल आर्मी र झापा दोश्रो खेलमा पूर्वाञ्च र भोजपुर भीड्नेछन् । प्रतियोगिताको फाईनल भोलि नै हुनेछ ।

प्रतियोगिताका विजयी प्रथम टिमले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र र दोश्रो हुनेले नगद ५१ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।