यसरी पर्यटककै कपडामा झुण्डिन्छन् म’गन्ते,मा’ग्नेहरुको ‘अ’खडा’ बन्दै पोखरा

पोखरा । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे कपडामै झुण्डिएर माग्ने बानी परेकाबाट लेकसाइड डुल्ने पर्यटक आजित बनेका छन् । लेकसाइडमा भारतीय मूलका महिला र बालबालिका बढी मात्रामा देखिन्छन् ।

झुत्रा कपडासहित एक दुई महीनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि यसले गलत सन्देश जाने ट्रेकिङ इक्विपमेन्ट एशोसिएसन पोखरा (टेसा)का द्वितीय उपाध्यक्ष एवं पर्यटन व्यवसायी प्रमोद भण्डा रीले बताए । उनले भने, ‘एउटा मुलुकको पर्यटकीयस्थलमा अर्को मुलुकबाट आएका नागरिकको मगन्ते प्रदर्शनले पोखरा घुम्न आएका पर्यटकले आफ्नो मुलुक फर्कंदा कस्तो सन्देश लिएर जालान् ?’

आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ मनाइरहेका सन्दर्भमा सडकभरि देखिने मगन्ते प्रदर्शन प्रति सरोकारवाला निकायको ध्यान नजानु दुःखको कुरा भएको पश्चिमाञ्चल होटल सङ्घका कोषाध्यक्ष पार्वती पाण्डेको भनाइ छ । ‘बिहान ६ः०० बजेदेखि रातिसम्म पनि पर्यटक लाई माग्नेहरुले सास्ती दिएको देखिन्छ, सरोकारवाला निकायले दीर्घकालीन समस्याको समाधानतिर ध्यान नदिँदा यो सधैँको समस्या बनिरहेको छ’

उनले भने, ‘धेरै विदेशी पाहुनाले बाटोमा निस्कँदा बित्तिकै माग्नेले कपडा तान्ने गरेको भन्दै गुनासो गर्न आउँछन्, यसले पक्कै राम्रो सन्देश जाँदैन ।’ पोखरा महानगर पालिका–६ का वडाध्यक्ष जगत पहारीले स्थानीयवासीबाट यस विषयमा गुनासो आइरहेको बताए । ‘माग्नेहरुका बारेमा स्थानीयवासीबाट निकै गुनासो आएको छ, यसको व्यवस्थापनका लागि वडा प्रहरी कार्यलयसँग समन्वय गरेर व्यवस्थापन लागि पहल गरेका छौँ ।’

अर्को मुलुकको नागरिक भएका र अन्यत्र व्यवस्थापनका लागि ठाउँसमेत नभएकाले यो चुनौतीको विषय बनेको उनको भनाइ छ।वडा प्रहरी कार्यालय वैदामका प्रमुख कोमल शाहले प्रहरीले शान्ति सुरक्षाको विषयलाई हेर्ने भएकाले सडकका माग्नेहरुलाई ल्याएर प्रहरी चौकीमा राख्ने ठाउँ नभएको बताए । उनले भने, ‘यो चुनौतीको विषय छ, प्रहरीले धरपकड गरेर ल्याउने कुरा भएन, उनीहरुका लागि व्यवस्थापन गर्ने छुट्टै ठाउँ पनि छैन ।’

सरोकारवाला निकायसँग समन्वय गरेर व्यवस्थापनका लागि पहल गर्न प्रहरी तयार रहेको उनको भनाइ छ ।गण्डकी प्रदेश उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख कृतन पौडेल मन्त्रालयमा यसबारेमा कहीँकतैबाट जनाकारी नआएको बताउँछन्।

उनी भन्छन्, ‘पर्यटनमा प्रत्यक्ष असर गर्ने भारतीय मूलका नागरिकबाट भएका यस्ता हर्कतलाई व्यवस्थापन गर्न मन्त्रालय तयार छ, भारतीय मूलका भएकाले राजदूतावास मार्फत जानुपर्ने र प्रक्रिया केही झण्झटिलो हुने भएकाले पनि यसप्रति ध्यान नपुगेको हुनसक्छ हामी स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापनका लागि पहल गर्छौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।