बि’रामी बोकेको ट्याक्सीलाई पोखरा नपुग्दै खो’लाले ब’गाएपछि यस्तो

काठमाडौं : कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी ब’गाएको छ । दुई दिनदेखिको अ’विरल वर्षाका कारण आएको बा’ढीले आज बिहान ४ः४५ बजे ध १ ज ६६० नम्बरको ट्याक्सी ब’गाएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार बि’रामी बोकेको उक्त ट्याक्सी म्याग्दीको बेनीबाट बि’रामी लिएर पोखरा जाँदै थियो ।

खोलामा भेल आएको देखेपछि यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पु¥याउँदा हि’लोमा फसेको थियो। पहिरो र भेलको जो’खिम देखेपछि चालकले ज्या’न जोगाउन ट्याक्सीनै छोडेर फर्किएको केही समयमा नै भे’लले ट्याक्सी ब’गाएको हो । सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

गिलमेरी खोलामा आएको बाढीले गिट्टी र ढुङ्गा सडकमा थुपारेकोले जेसीबीको सहायताले एकतर्फी रूपमा मात्र बाटो सञ्चालनमा आएको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले बताउनु भयो । म्याग्दी लाई राष्ट्रिय राजमार्ग जोड्ने बेनी– पोखरा सडक खण्ड अन्तरगत पर्ने उक्त सडक खण्डमा ध १ ज ६६० नम्बरको ट्याक्सी ब’गाएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖