बैना गरिसकेको जमिनमा वडा अध्यक्षले ३० फिट गहिरो खाडल खनेपछि…! निःशुल्क भन्दै विज्ञापन छापेर साढे चार लाखसम्म ठ’ग्ने म्यानपावरको स्टि’ङ अ’परेशन, मु’द्दा जिताइदिन्छु भन्दै सम्पत्ति हड’प्ने दाउ ! (भिडियो)
काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः
१. बैना गरिसकेको जमिनमा वडा अध्यक्षले ३० फिट गहिरो खाडल खनेपछि…
सुनसरी । बैना गरिसकेको जमिनमा वडा अध्यक्षले नै ३० फिट गहिरो माटो खनेर बेचेपछि पी’डित बनेका इटहरी–१६ का भक्तबहादुर कार्की न्या’य खोज्दै भौतारिरहेका छन् । २०७५ जेठ ९ गते सोही स्थान बस्ने अमित चौधरी र इटहरी १५ का वडाध्यक्ष श्रवण चौधरीलाई कार्कीले ३५ लाखमा एक बिगाह ६ कठ्ठा १५ धुर जमिन बेच्ने शर्तमा १० लाख बैना लिएका थिए । तर बैना लिएको कागजमा तोकिएको समय भन्दा एकबर्ष कटेपनि कार्कीले जमिन पास गर्न सकेका छैनन् । बैना लिएको तीन दिनपछि अमित चौधरी र वडा अध्यक्ष चौधरीको मिलेमतोमा माटो खन्न सुरु गरिएको थियो । आफूलाई जानकारी नै नदिई जमिनको माटो इँटा उघोगलाई बेचेपछि कार्की न्या’यको लागि सबै निकाय पुगेका थिए ।
२. ‘फ्री भिसा, फ्री टिकट’ भन्दै विज्ञापन गर्ने अनि लाखौं उठाउने ?
काठमाडौं । स्वदेशमै रोजगारी नपाएपछि धेरै युवाहरुले अहिले पनि दैनिक पत्रपत्रिकामा विदेश जाने सूचना र विज्ञापन कुरेर बसेका हुन्छन् । उनीहरुलाई नै लक्षित गरी म्यानपावर कम्पनीहरुले आर्कषक सेवा सुविधा देखाएर निःशुल्क भन्दै विज्ञापन छाप्छन् । त्यही विज्ञापनलाई आधारमा मानेर म्यानपावर पुग्दा म्यानपावरले लाखौं पैसा माग्छन्, भने पैसा मागेको भिडियो नै वैदेशिक रोजगार विभागमा बुझाउँदा पनि कारवाही हुँदैन । सोझा युवा ठ’ग्ने यो श्रृङ्खलाको एउटा प्रतिनिधि घ’टना यस्तो छ । काठमाडौंस्थित टोखामा रहेको अलमाइट इन्टरनेशनल म्यानपावर सर्भिसले एक दैनिक पत्रिकामा युएईमा मोटरसाइकल चालकको लागि अवसर भन्दै एक विज्ञापन प्रकाशन ग¥यो ।
३. मु’द्दा लडिदिने भन्दै आफ्नै आफन्तले डु’बाए !
सिराह । लहान नगरपालिका–८ की ४६ वर्षीया सावित्रीदेवी महतो माथि परेको ज्या’न मु’द्दा ल’डिदिने भन्दै सोही नगरपालिका १८ का भिनाजु पर्ने रामचन्द्र महतोले करोडौंको सम्पति ह’त्याउन झा’लझेल गरेको आ’रोप लागेको छ । सावित्रीकी श्रीमान भोला महतोको मृ’त्युमा पतिको ह’त्या गराएकी आ’रोप लगाउदै आफ्नै जेठाजु दुखी महतोले सावित्रीमाथि मु’द्दा हालेका थिए । सोही मु’द्दा लडिदिने भन्दै सावित्रीकी भिनाजु पर्ने रामचन्द्र महतोले पटक–पटक कपाली तमसुक बनाए । ज्या’न मु’द्दामा सावित्रीले जिल्ला हुँदै सर्वोच अदा’लतसम्म आइपुग्दा सफाई पाइन् । आँफू निरक्षर भएकाले सबै कागजपत्रमा मु’द्दाको प्रतिउत्तर भन्दै औँठा छाप लगाइदिने गरेको उनी बताउँछिन् ।


