प्रहरी महानिरीक्षक खनालद्वारा अ’सक्त प्रहरीलाई चारपाङग्रे स्कुटर हस्तान्तरण

काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त असक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमवीच चारपाङग्रे स्कुटर हस्तान्तरण गरेका छन्। कर्तव्य पालनाको सिलसिलामा विभिन्न कारणले घाइते भई असक्तताका कारण हिँडडुल गर्न कठिन भएका पूर्व प्रहरी निरीक्षक राम बहादुर चन्द र केन्द्रीय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी जवान पासाङ लामालाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त स्कुटर हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले प्राप्त सवारी साधनलाई भरपुर उपयोग गरी जीवन अझै सार्थक बनाउन आग्रह गर्दै समस्या परेको वेला सहयोग गर्न संगठन तयार रहेको बताए । असक्त अवस्थामा पनि आँट, साहस र हिम्मतका साथ गरेको संघर्ष प्रेरणा दायी रहेको उल्लेख गर्दै उनले भने, ‘तपाईहरुको आगामी दिन शुभ रहोस्।’

नेपाल प्रहरीले आफ्ना सदस्यहरुको पीर, मर्कालाई सम्बोधन गर्ने प्रयास स्वरुप प्रहरी कल्याण कोष मार्फत विभिन्न सेवा सुविधा प्रवाह एवम् कल्याणकारी कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।सो क्रममा प्रहरी कल्याण कोषले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक कार्यक्रम अनुसार ३ थान चारपाङग्रे स्कुटर खरिद गरी निःशुल्क उपलब्ध गराएको हो।

उक्त स्कुटरमध्ये १थान जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक देवी नेपालीलाई प्रदान गरिने छ। स्कुटर हस्तान्तरण कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।