मेडिकल कलेजहरुमा आ’न्दोलन जारी-‘विप्लव’ पुत्र प्रकाश चन्द लाइभ, मुक्त क’मैयालाई सरकारले झु’क्यायो ! (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

कार्यत्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. मे’डिकल कलेजमा शुल्क ल’फडा : किन मौन छ शिक्षा मन्त्रालय ?

काठमाठौं । चि’कित्सा शास्त्र अध्ययन संस्थान आइओएमले तोकेको शुल्क भन्दा कलेजले बढी शुल्क लिएका भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरेको आ’न्दोलन अझै रोकिएको छैन । सरकारले एमबीबीएस पढ्न विद्यार्थीहरुलाई काठमाडौं बाहिर ४३ लाख ४५ हजार र काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ । त्यस्तै नर्सिङ पढ्न ७ लाख ४८ हजार तोकेको छ । शैक्षिक शुल्क बाहेकका अन्य शीर्षकमा राखेर कलेजले ६ लाखसम्म अ’सुलेको छ । मेडिकल कलेज सञ्चालकहरुले भने कम्युनिटी, होस्टेल, खाना लगायतका शीर्षक देखाएर शुल्क लिएका छन् । यही अन्तरविरोधमै अल्झिएर २ सातादेखि चितवन मेडिकल कलेजमा आ’न्दोलन चर्किरहेको छ ।

२. कतारबाट काठमाडौं आएको विमान ३ घण्टा भन्दा बढी आकाशमै होल्ड !

काठमाडौं । विहीबार कतारबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्न ३ घण्टा २५ मिनेटसम्म आकाशमा नै होल्ड भयो । कतारबाट उडेको ४ घण्टा ३० मिनेटमा अवतरण गर्नुपर्ने प्लेन ७ घण्टा भन्दा बढी समयपछि बल्ल ल्याण्ड भयो । विमान ३ घण्टा २५ मिनेट आकाशमै होल्ड भएपछि यात्रुहरु आत्तिएका थिए । त्रिभुवन विमानस्थलको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्शनल रेडियो रेन्ज (भीओआर) मा समस्या आएपछि प्लेन डिले भएको थियो । २ घण्टामै उक्त डिभाइस बनेपनि प्लेन ल्याण्ड गर्न सकिरहेको थिएन । कतार एयरवेजको ३३० सिरिज जहाजका लागि पार्किङ स्थल अभाव भएपछि ल्याण्ड गर्न पाएन ।

३. सरकारले मुक्त क’मैयालाई झु’क्यायो !

बर्दिया । बर्दिया जिल्लाको मधुवन नगरपालिकाका मुक्त कमैयालाई घर निर्माण गर्न सरकारले दिने भनेको सहयोग रकम कागजमा मात्रै पाएपछि अहिले दैनिक भूमिसुधार कार्यालय गुलरिया धाउन बा’ध्य भएका छन् । स्थानीय छेदुवा थारु, राम बहादुर थारु, श्रीराम थारु, राम शरण थारु, वडा नं.३ का अगानु थारु, गंगाराम थारु, हंसराम थारु, खुसीराम थारु, जालु थारु, महँगा थारु, बैजराम थारुसँग मालिकको घरबाट मुक्त भएपछि मुक्त कमैयाको रातो कार्ड साथमा छ । उक्त कार्डमा घर बनाउने काठ बापत सरकारले १ लाख उपलब्ध गराएको भनेर उल्लेख गरिएको छ । तर, मुक्त कमैया १४ जनाले भने अहिलेसम्म पैसा पाएका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖